विश्वकप छनोट:

अमेरिकाविरुद्ध भीम सार्कीको अर्धशतक पूरा

फाइल तस्विर
फाइल तस्विर

आइसीसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत अमेरिकाविरुद्ध नेपालका भीम सार्कीले अर्धशतक पूरा गरेका छन्। जिम्बाब्वेस्थित टागासिंगा स्पोर्टस् क्लबमा जारी खेलमा भीमले ९७ बलमा ५१ रन प्रहार गरेका हुन्।

अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य पछ्याइरहेको नेपालले ३७ ओभरमा १ सय ६३ रन बनाएर खेलिरहेको छ। नेपालकाे ४ विकेट पतन भएकाे छ। नेपालका ओपनर कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल र कप्तान रोहितकुमार पौडेल आउट भएका छन्।

अहिले नेपालका भीम र दीपेन्द्रसिंह ऐरीले ब्याटिङ गरिरहेका छन्। दीपेन्द्रले १६ बलमा १२ रन बनाएर खेलिरहेका छन्।

प्रकाशित मिति: : 2023-06-20 19:45:00

प्रतिकृया दिनुहोस्