मुख्यमन्त्रीका लागि भाजपा र शिवसेनाको दौडधुप जारी

तस्बिरः एजेन्सी

महाराष्ट्रको राजनीतिमा मुख्यमन्त्रीका लागि भारती जनता पार्टी र शिवसेनाको दौडधुप जारी छ। दुबै पार्टी आ–आफ्नै अडानमा रहेपछि अहिलेसम्म नयाँ सरकार गठन हुन सकेको छैन। मुख्यमन्त्री देबेन्द्र फडणवीसको पाँच वर्षे कार्यकाल भने शनिवार सकिदैछ।

फडणवीसको कार्यकाल सकिनै लाग्दा मुम्बईमा राष्ट्रवादी कांग्रेस र कांग्रेस आईले अनेकन प्रश्नहरुको खेती गरिरहेका छन्।

शिवसेना पक्ष ५०–५० को सुत्रमा अडिक देखिन्छ। यता भारतीय जनता पार्टी भने पुरै कार्यकाल सरकारको नेतृत्व आफ्नो हातमा लिने दाउमा छ। मुख्यमन्त्री फडणवीसले समस्या समाधान गर्न शिवसेना प्रमुख उद्धव ठाकरेलाई फोन गर्दापनि फोन नठाएको भाजपाका एक नेताले जानकारी दिए। ठाकरे फडणवीसलाई मुख्यमन्त्री मन्न तयार देखिदैनन् ।

भाजपाले महाराष्ट्र राज्यमा राष्ट्रपति शासनको लागि प्रयास गरिरहेको शिवसेनाले आरोप लगाएको छ। पत्रकार सम्मेलनमा शिवसेनाका नेता संजय राउतले मुख्यमन्त्री पदका लागिपछि नहट्ने दाबी गरेका छन्। यद्यपि, शिवसेनाले भने आफ्ना विधायकहरुलाई मुम्बईको रंगशर्दा होटेलमा बस्ने ब्यबस्था गरेको छ।

प्रकाशित मिति: : 2019-11-08 12:54:30

प्रतिकृया दिनुहोस्