‘जापानी केन तानाकालाई विश्वकै सबैभन्दा वृद्धा’ को मान्यता

guinnessworldrecords

आफ्नो जीवनको उत्तराद्र्धतिर पनि गणित सिक्न र घरमै बसेर खेल खेल्न सौखिन जापानकी काने तानाकाले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता पाएको गिनिज वल्र्ड रेकर्डले जनाएको छ। उनले ११६ वर्ष ६६ दिनको दिन गिनिज बुक वर्ल्ड रेकर्डले प्रमाणित गरेको छ।

विश्वकै पहिलो विमान उडाउने राइट्स ब्रदर्स जन्मेको वर्ष सन् १९०३ को जनवरीमा २ मा जन्मिएकी तानाका चार सन्तानकी आमा हुन् भने उनले पछि एक सन्तानलाई धर्मसन्तानका रूपमा संरक्षण दिएकी छन्।

तानाकालाई विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता दिएपछि उनी बस्दै आएको जापानको पश्चिमी फुकुओमा शहरमा नगर प्रमुख सोइचिरो ताकाशिमा तथा दर्जनौँ शुभेच्छुक भेला भै उनको सम्मानमा एक कार्यक्रम गरी खुशियाली मनाइएका छन्। उनलाई एक नर्सिङ होममा राखी रेखदेख गरिँदै आएको छ।

 
 
 
View this post on Instagram

At 116 she still enjoys reading, mathematics and board games. Congratulations to our new oldest person living record holder, Kane Tanaka from Japan. Kane was given a box of chocolates as a gift today at the certificate presentation ceremony - she immediately opened it and ate them! Later when she was asked how many chocolates she wants to eat today, she said "100"

प्रकाशित मिति: : 2019-03-10 00:13:32

प्रतिकृया दिनुहोस्