प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा दुई नयाँ अनुहारले क्याबिनेट मन्त्री बन्ने मौका पाएका छन्।
विहिबार भएको सपथ ग्रहण कार्यक्रममा भारतीय जनता पार्टी (बिजेपी) का अध्यक्ष अमित शाह र पूर्व कुटनीतिज्ञ एस जयशंकरले नरेन्द्र मोदीको दोस्रो कार्यकालमा मौका पाएका हुन्। बिजेपीले अमित शाहको अध्यक्षतामा १७ औं लोकसभा निर्वाचनमा एक्लैले बहुमत ल्याएको थियो।
बिजेपीले २०१९ को निर्वाचनमा ३ सय ३ सिट प्राप्त गरेको थियो। यस्तै, बिजेपीसँग गठबन्धन गरेको एनडिएले ३ सय ५३ सिट प्राप्त गरेको थियो।
प्रधानमन्त्री मोदी गुजरातको मुख्यमन्त्री हुँदा अमित शाह गृहमन्त्री थिए। उनले गृहमन्नत्री राजनाथ सिंहपछि तेस्रो नम्बरमा सपथ लिएका थिए।
निर्वाचन नलडेपनि कुटनीतिज्ञ जयशंकरले मन्त्री पदको सपथ खाएका छन्।