बुधबार, २१ मे २०२५

विवाह बन्धनमा बाँधिइन् एलिना चौहान

News Image
• • •

गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी छन्।

उनले प्रेमी रहेका सापकोटासँग बुधबार परम्परागत रुपमा विवाह गरेकी हुन्।

एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो।

बाग्लुङ निवासी विष्णु विवाहका लागि जन्तीसहित मंगलबार नै झापा पुगेका थिए। विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् भने एलिना नेपालमै गायनमा सक्रिय रहेकी छन्। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?