मङ्गलबार, १० जुन २०२५

नेप्से ३६ अंकले घट्याे, कारोबार १२ अर्ब

File Photo
• • •

नेप्सेमा आज गिरावट आएको छ। बिहीबार नेप्से ३६.८३ अङ्कले घटेर २७४९.५७ विन्दुमा पुगेको छ।

बिहीबार ३२२ कम्पनिको कूल २ करोड ८३ लाख ६  हजार ३४२ कित्ता शेयर १ लाख ४५ हजार ९२१ पटक कारोबार हुदा १२ अर्ब २२ करोड २८ लाख २४ हजार ४८१  मूल्यमा खरिद बिक्री भएका छन्।

त्यस्तै, आज खुथेली बुखारी हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै आज थ्रीस्टार हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ।

आज गुडविल फाइनान्सको सबै भन्दा बढी ३७ करोड ६५ लाख ५९ हजार ७११ को रकम बराबरीको खरिद बिक्री भएको छ भने आज अपिको सबैभन्दा बढी १० लाख ८४ हजार ११९ कित्ता शेयर कारोबार भएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?