
बिएल संवाददाता
झापा
अरे जतिखेर पनि साथी लोडसेडिङ
दिनमा होश या सधैं राति लोडसेडिङ
कि त कैले नआउनु कि त सधैं आउनुनी
जनताको के लाग्छ र ताँती लोडसेडिङ
अरे जतिखेर पनि साथी लोडसेडिङ
केहि नचल्ने भयो सबै थान्को लागे
आँउछ फेरि गइहाल्छ घाती लोडसेडिङ
अरे जतिखेर पनि साथी लोडसेडिङ
पहिले कै युगमा पुर्याई छाड्यो हामीलाई
बाल्नलाई फेरि सलाई बाती लोडसेडिङ
अरे जतिखेर पनि साथी लोडसेडिङ
अन्धकार भनेको त जनतालाई मात्र हो
कैले हुन्न रे दाई माथि लोडसेडिङ
अरे जतिखेर पनि साथी लोडसेडिङ
दिनमा होश या सधैं राति लोडसेडिङ
१ .
२ .
३ .
४ .
५ .