बुधबार, ०९ जुलाई २०२५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

News Image
• • •

मंगलबार नेपाली बजारमा सुनको मूल्य एक हजार चार सय रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार चार सय रूपैयाँले बढेर तोलाको १ लाख ६९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि २५ रूपैयाँले बढेको छ। चाँदी प्रतितोला १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?