शुक्रबार, ०४ जुलाई २०२५

नेपाल औषधि लिमिटेडको अनुगमनपछि उद्योग समितिका सभापतिले भने– सरकारी संस्थालाई सरकारले नै चासो दिएन (भिडियाेसहित)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल औषधि लिमिटेडको अनुगमन गरेको छ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग समितिका सभापति अब्दुल खान तथा समिति सदस्यहरूको टोलीले अनुगमन गरेको हो।

अनुगमनपछि सभापति खानले सरकारको स्वामित्व भएको संस्थाले ११ वटा मात्र औषधि मात्र बनाउनु दुखद् कुरा भएको बताए।

औषधि नपाएर  व्यापक आन्दोलनसमेत गरेको अवस्थामा सो संस्थाले प्रोडक्सन गरेको औषधिहरू नेपाल सरकारले स्वयंम यसको विषयमा चासो र चिन्ता नलिएर आफैं सरकारी संस्थाहरूमा खरिद् नगर्नु दुखद कुरा भएको उनको भनाइ छ। 

उनले भने, ‘अहिले आएर हाम्रो सरकारको संस्थाले ११ वटा मात्र औषधि मात्र बनाउनू एउटा दुखद् कुरा हाे। हामीले २० वटा औषधि बनाउने तरखरमा छौं। आउने वर्षमा २० वटा बनाउँछौं। हाम्रो जनशक्ति पर्याप्त छ। सबै भौतिक संरचनाहरू पूर्ण छ। तथापी भाडाको पैसा उठाएर कर्मचारी साथीहरूले पैसा खानुपर्ने अवस्था छ। औषधि नपाएर  व्यापक आन्दोलनसमेत गरेको अवस्था हामीले देखेको छौं। यस्तो अवस्थामा यो संस्थाले प्रोडक्सन गरेको औषधिहरू नेपाल सरकारले स्वयंम यसको विषयमा चासो र चिन्ता नलिएर आफैं सरकारी संस्थाहरूमा खरिद् नगर्नु दुखद् कुरा हो।’

यस विषयमा औषधि संस्थाको मानिस र मन्त्रीसमेतलाई बोलाएर समितिमा छलफल गरिने समेत उनले जानकारी दिए।

हरेक संस्थाबाट सरकासँग अपेक्षा राख्ने तर सरकारले त्यो पूरा नगर्ने भएपछि देश कसरी चल्छ भन्दै उनले प्रश्न गरे ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?