
बिएल संवाददाता
काठमाडाैं
नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ।
हालसम्मका सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको हो।
यसअघि चैत १ गते सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो। त्यसपछि घटबढ भइरहेको सुनको मूल्य अहिले उच्चबिन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो। उक्त दिनको तुलनामा आज १ हजार १०० रुपैयाँ बढेको हो।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँ कायम भएको हो।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .