
बिएल संवाददाता
काठमाडौं
लुम्बिनी प्रदेशमा सरकार विस्तार भएको छ।
मुख्यमन्त्री जोखबहादुर महराले सोमबार माओवादी केन्द्रबाट निर्वाचित सांसद कृष्णा केसीलाई मन्त्री नियुक्त गरेर सरकार विस्तार गरेका हुन्।
उनलाई आजै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका छ्न्। केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको जिम्मेवारी दिइएको छ।
योसँगै लुम्बिनी सरकार १२ सदस्यीय बनेको छ। लुम्बिनीमा यसअघि १० वटा मन्त्रालय रहेकोमा भागबन्डा मिलाउन १२ वटा बनाइएको छ।
१ .
२ .
३ .
४ .
५ .