बिहिबार, १० जुलाई २०२५

ओलीको जन्मदिनमा झापामा पूजा र हवन, रोपियो ७३ विरुवा

News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीको ७३औं जन्मदिनका अवसरमा झापामा अष्टचिरञ्जीवीको पूजा तथा हवन गरिएको छ।

ओलीको जन्मदिनमा झापाको कन्काई नगरपालिका-२, धनुषकोटीमा पूजा र हवनसहित ७३ दीप प्रज्वलन गरिएको थियो।

श्री किरातेश्वर महादेव मन्दिर र धनुषकोटी धाम विकास समिति, सुकेडाँगी सामुदायिक वन, कनकाई नगरपालिका-२ को अगुवाइमा पूजा गरिएको हो।

त्यस्तै ओलीको जन्मदिनमा नजिकैको वन क्षेत्रमा वृक्षरोपणसमेत गरिएको छ। ओली ७३ वर्ष लागेको अवसरमा ७३ वटा विरुवा रोपेर पार्क नै बनाइएको छ। पार्कको नाम ‘जन्मोत्सव पार्क’ राखिएको सामुदायिक वनका अध्यक्ष बलराम रिसालले बताए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?