बिहिबार, १५ मे २०२५

प्रचण्डको गलामा ७१ किलोको माला

बिएल संवाददाता

बिएल संवाददाता

रुपन्देही

News Image
• • •

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई रुपन्देहीमा ७१ केजीको माला लगाएर स्वागत गरिएको छ।

रुपन्देहीको ओमसतियामा प्रचण्डको गलामा ७१ केजीको माला लगाएर स्वागत गरिएको हो।

ओमसतिया-६ जमुहानी पोखरा ताल व्यवस्थापन समितिले प्रचण्डलाई उनको उमेर बराबरको फूलको किलोको माला लगाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा ओम सतिया गाउँपालिका-६ का अध्यक्ष शिवकुमार धवलले बताए।

प्रचण्ड बुधबार रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने माओवादी केन्द्रले जनाएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?