बिहिबार, १५ मे २०२५

अहिलेकाे सरकार भष्टाचारीलाई जोगाउन बनेकाे प्रचण्डकाे आरोप

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार भष्टाचारीहरूलाई जोगाउनका लागि बनेको बताएका छन्। 

शुक्रबार वीरगन्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारीहरूलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काम गरिरहेको बताएका हुन्।

भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहेको उनको आरोप थियो। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?