मङ्गलबार, ०८ जुलाई २०२५

बालुवाटारमा एमाले-कांग्रेस शीर्ष नेताको भेला, मन्त्रिपरिषद हेरफेर हुँदै!

News Image
• • •

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। 

दुई दलको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कांग्रेसभित्र सरकारको कामकारबाहीलाई लिएर चर्को आलोचना र फरक ढंगले सोच्नुपर्ने दवाब बढिरहेका बेला भएको दुई दलको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

बालुवाटार स्रोतका अनुसार दुई दलबीच मन्त्रिपरिषद हेरफेरका विषयमा छलफल भइरहेको बताइएको छ। गठबन्धन सरकारको एक वर्ष पुग्नै लाग्दा मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गरिएको बुझिएको छ।

गठबन्धनमा भागबण्डा पुर्‍याउनुपर्ने भएकोले पनि मन्त्रिपरिषद हेरफेर गर्न लागिएको स्रोतले बतायो। प्रधानमन्त्री ओली कार्यक्षमता राम्रो भएका केही मन्त्रीलाई निरन्तरता दिएर बाँकी ठूलो टिम परिवर्तनको तयारीमा रहेको बुझिएको छ।

त्यस्तै बैठकमा बाढी पहिरो लगायत प्राकृतिक प्रकोप र उद्दार तथा राहत परिचालनका विषयमा पनि छलफल हुने बताइएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?