बिहिबार, १५ मे २०२५

ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा, ‘हतार छ’ भनेर निस्किए प्रचण्ड

News Image
• • •

संक्रमणकालिन न्यायसम्बन्धि राष्ट्रिय सम्मेलनका क्रममा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू एकै मञ्चमा सहभागी भएका छन्।

नेपालको सक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ।

सम्मेलनमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एउटै मञ्चमा देखिएका हुन् ।

तर, पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड भने समय नभएको भन्दै आफ्नो सम्बोधन सकेर कार्यक्रम स्थलबाट निस्केका छन्।

कार्यक्रममा संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसदहरू, द्वन्द्वपीडित समुदायका प्रतिनिधिहरू लगायत सहभागी छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?