बिहिबार, १५ मे २०२५

तीनकुनेमा उच्छृङ्खल राजावादी, घरमा आगो लगाइदिए, प्रहरीले गाेली हान्याे

News Image
• • •

तीनकुनेमा प्रदर्शन गरिरहेका राजावादीहरू उच्छृङ्खल बनेका छन्। उनीहरूले सर्वसाधारण नागरिकको घरमा ढुङ्गामुढा हानेर छियाछिया बनाइदिएका छन्। 

त्यस्तै उनीहरूले त्यही घरमा आगो पनि लगाइदिएका छन्। उक्त आगो निभाउन गएको दमकलमाथि पनि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका थिए। 

त्यसपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस र पानीको फोहरा हानेको थियो। अहिले पनि तीनकुने रणमैदान बनिरहेको छ।  प्रहरीले प्रदर्शनकारीलाई लक्षित गरी गाेलीसमेत प्रहार गरेकाे छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?