बिहिबार, १५ मे २०२५

तीनकुनेमा भएको क्षतिको जरिवाना तिर्न पूर्वराजालाई बालेनको पत्र (पत्रसहित)

News Image
• • •

काठमाडौं महानपालिकाले तीनकुने क्षेत्रमा सार्वजनिक सम्पत्तीमा क्षति पुर्‍याएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना पत्र पठाएको छ

शुक्रबारको हिंसात्मक प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा भएको  सार्वजनिक संरचनाको क्षति र महानगरको सम्पत्तिमा भएको क्षतिलगायतको फरकफरक शीर्षकमा महानगरले जरिवाना पत्र निर्मल निवास पठाएको हो।

महानगरले क्षतिको मुल्यांकनका लागि शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बलसहितको टोली बनाएको थियो। सोही समितिको मुल्यांकनका आधारमा ७ लाख ९३ हजारको बिल निर्मल निवास पठाएको महानगर स्रोतले जनायो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?