बिहिबार, १५ मे २०२५

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघले मार्‍यो बाजी

News Image
• • •

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका दीपक राज जोशी निर्वाचित भएका छन्।

सोमबार इलेक्ट्रोनिक भोटिङ मेसिनबाट भएको मतदानको नतिजा सोमबार नै सार्वजनिक भएको हो।

जोशीले ७ सय ८९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सिद्धान्त भट्टले ७ सय ८१ मत प्राप्त गरे। जोशीले भट्टलाई जम्मा ८ मतले मात्र पछि पार्दै सभापतिमा बाजी मारेका हुन्।

त्यस्तै अनेरास्ववियु क्रान्तिकारीका प्रविन दाहालले ७ सय २७ मत प्राप्त गरे।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?