बिहिबार, १५ मे २०२५

प्रधानमन्त्री ओलीले थाइल्याण्डमा माेदी भेटे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरूबीच भेटवार्ता भएको हो।

यसअघि बिम्स्टेक राष्ट्रका सरकार प्रमुखहरू थाइल्यान्ड सरकारले दिएको रात्रिभोजमा सँगसँगै सहभागी भएका थिए। 

प्रधानमन्त्री भएपछि अहिलेसम्म ओलीलाई दिल्लीले निम्ताे दिएकाे छैन। यसअघि अमेरिकाको न्युयोर्कमा राष्ट्रसंघ महासभामा पनि मोदीसँग ओलीले साइडलाइनमा भेटेका थिए। 
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?