बुधबार, १४ मे २०२५

तीनकुने घटनाः शाही युवा शक्तिका नेता दिलबहादुर श्रेष्ठ पक्राउ

News Image
• • •

गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी आन्दोलनमा सहभागी भएको आरोपमा शाही युवा शक्तिका नेता पक्राउ परेका छन्।

पक्राउ पर्नेमा शाही युवा शक्तिका दोस्रो वरीयताका नेता दिलबहादुर श्रेष्ठ छन्। उनलाई गोंगबु क्षेत्रबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का यसअघि नै पक्राउ परिसकेका छन्।

श्रेष्ठलाई अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाउने तयारी गरेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?