मङ्गलबार, ०८ जुलाई २०२५

एमाले प्रवेश गरिन् ‘रास्वपा नगरसचिव’ प्रियाकुमारी राई, ओलीले गरे स्वागत

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ प्रियाकुमारी राई नेकपा (एमाले) प्रवेश गरेकी छन्।

नेकपा (एमाले)को झापा जिल्ला कमिटीले शनिबार दमकमा आयोजना गरेको जागरणसभामा रास्वपाको उदयपुरको चौदण्डीगढी नगरपालिका सचिव राई एमालेमा प्रवेश गरेकी हुन्।

उनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे। राई भूपु सैनिक आवासीय माविकी प्रिन्सिपल पनि हुन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?