
बिएल संवाददाता
काठमाडौं
सर्वोच्च अदालतले सभापति रवि लामिछानेलाई थुनामै राख्ने फैसला गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सचिवालय र केन्द्रीय समिति बैठक बोलाएको छ।
शुक्रबार अबेर रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालत बुटवल इजलासको आदेशलाई सदर गर्दै सर्वोच्चले उनलाई ‘कसुरदार रहेनछन् भन्ने आधार नदेखिएको’ फैसला सुनाएको थियो।
त्यसलगत्तै रास्वपाको सचिवालय सदस्यहरूले भर्चुअल बैठक गरेका थिए। त्यही बैठकले आज केन्द्रीय समिति र सचिवालयको बैठक आह्वान गर्ने निर्णय गरेको हो।
शनिबार पहिला सचिवालय र त्यसपछि केन्द्रीय समिति बैठक सुरु हुनेछ।
१ .
२ .
३ .
४ .
५ .