सोमबार, २६ मे २०२५

तीनकुने घटनाः दुर्गा प्रसाईंविरुद्ध ज्यान मुद्दासहित ४ केस, धवल र रविन्द्रविरुद्ध…

News Image
• • •

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनको घटनामा कमाण्डर दुर्गा प्रसाईंसहित ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

जसमध्ये ११ जनालाई आपराधिक उपद्रवमा मात्रै छुट्टै मुद्दा दायर गरिएको छ।

प्रहरीले आन्दोलनका जनकमाण्डर प्रसाईंलाई कर्तव्य ज्यान, संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवसहितका मुद्दा दर्ता गराएको छ।

त्यस्तै ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, संगठित अपराध, आपराधिक उपद्रवसहित पाँच वटा मुद्दामा ५० जनालाई प्रतिवादी बनाइएको हो।

त्यस्तै राप्रपा महामन्त्री धवल शमशेर जबराविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय मागदावी लिइएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ। त्यस्तै राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रविरुद्ध पनि सोही ४ वटा कसुरमा मुद्दा दर्ता गरिएको छ।

उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो। जसमा पत्रकार सुरेश रजकको आन्दोलनकारीले घरमा आगो लगाउँदा मृत्यु भएको थियो भने कीर्तिपुरका सविन महर्जनको प्रहरीको गोली लागेर ज्यान गएको थियो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?