शनिबार, १४ जुन २०२५

चार उच्च अदालतका मुख्य न्यायाधीश नियुक्त

News Image
• • •

न्याय परिषदले चारवटा उच्च अदालतका मुख्य न्यायाधीशहरूको नियुक्ति तथा पदस्थापन सिफारिस गरेको छ।

शुक्रबार बसेको परिषदको बैठकले उच्च अदालतका मुख्य न्यायाधीशहरूको नियुक्ति तथा पदस्थापन सिफारिस गरेको हो।

सिफारिस सूचीअनुसार उच्च अदालत जनकपुर अस्थायी इजलास विरगंजका न्यायाधीश राजन भट्टराईलाई उच्च अदालत विराटनगर र पाटन उच्च अदालतका न्यायाधीश लालबहादुर कुँवरलाई पाटनमै मुख्य न्यायाधीश सिफारिस गरिएको छ।

त्यस्तै उच्च अदालत तुलसीपुरमा काजमा रहेका न्यायाधीश हरिप्रसाद भण्डारीलाई सुर्खेत र बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई तुलसीपुर उच्च अदालतको मुख्य न्यायाधीशमा पदस्थापनको लागि सिफारिस गरिएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?