शुक्रबार, ०४ जुलाई २०२५

धरौटीमा छुटेपछि दिलभूषणः मलाई प्रयोग गरेर राज्यले नागरिकको मुख बन्द गर्न खोज्यो

News Image
• • •

पत्रकार दिलभूषण पाठकले राज्यले आफूलाई साङ्केतिक रुपमा प्रयोग गरेर सिंगो पत्रकारिता जगतलाई राज्यमाथि प्रश्न गर्न रोक लगाउन खोजेको बताएका छन्।

बिहीबार जिल्ला अदालतबाट २५ हजार धरौटीमा छुटेपछि उनले आफूलाई प्रयोग गरेर तमाम नागरिक समाज अथवा सिंगो पत्रकारिता जगतलाई ‘राज्यमाथि प्रश्न नगर, तिमीहरूको हैसियत छैन’ भन्ने जमर्को गरेको बताए।

उनले भने, ‘एउटा दिलभूषण पाठकलाई साङ्केतिक रुपमा प्रयोग गरेर तमाम नागरिक समाज अथवा सिंगो पत्रकारिता जगतलाई राज्यमाथि प्रश्न नगर, तिमीहरूको हैसियत छैन भन्न खोजेको हो।’

त्यस्तै उनले समाचारसँग चित्त नबुझ्ने पक्षले प्रसारणकर्तालाई प्रत्यक्ष संवाद गरेर त्रुटिवस भएका गल्तीहरू सच्याउने ठाउँ हुँदाहुँदै अभियोग लगाउनु र तर्साउने उद्देश्य भएको टिप्पणी गरे।

न्याय क्षेत्रमा लागेका तमाम मानिसहरूले यो एउटा मुद्दा नागरिकको अभिव्यक्ति संकुचना गर्ने अथवा तिनको मुख बन्द गर्ने प्रयत्न भएका धारणा राखेको उनको भनाइ थियो। उनले आफूले पनि यस मुद्दालाई त्यसरी नै बुझेको बताए।

उनले भने, ‘समाचारसँग चित्त नबुझ्ने पक्षले प्रसारणकर्तालाई प्रत्यक्ष संवाद गरेर त्रुटिवस भएका गल्तीहरू सच्याउने ठाउँ हुँदाहुँदै कसैलाई यो अभियोग लगाउनु तर्साउने उद्देश्य नै हो। न्याय क्षेत्रमा लागेका तमाम मानिसहरूले गरेको प्रश्न यो एउटा मुद्दा नागरिकको अभिव्यक्ति संकुचना गर्ने अथवा तिनको मुख बन्द गर्ने प्रयत्न हो।’

पत्रकार पाठकले सार्वजनिक पदमा बस्ने मानिसहरू नागरिकका प्रश्नको जवाफ दिन तयार हुनुपर्ने, सार्वजनिक पदमा बस्ने मानिसहरूले आफ्नो सम्पत्ति सार्वजनिक गर्न थाले भने यस्तो खालको आक्षेपहरू लाग्न बन्द हुने आशयले आफूले भिडियो बनाएको स्पष्ट पारे।

तर सो कन्टेन्टलाई निजी औजारका रुपमा प्रयोग गरेर आफूमाथि आक्रमण गर्ने प्रयास भएको उनको भनाइ छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?