
बिएल संवाददाता
काठमाडौं
रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका बाँकेको नेपालगंगमा कार्यरत ट्राफिक सईको जिम्मेवारी खोसिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेमा दरबन्दी भएका सई कमल खड्काको जिम्मेवारी खोसेर प्रहरी प्रधान कार्यालय काठमाडौं तानिएको हो।
सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले सञ्चालन गरेको ‘प्रतिशोधविरुद्धको हस्ताक्षर संकलन’ अभियानलाई सघाउँदै सई खड्काले ड्युटी खटिएकै अवस्थामा बर्दी लगाएर हस्ताक्षर गरेका थिए।
बर्दीमै प्रहरीले राजनीतिक अभियानमा सहभागी भएको तस्वीर भाइरल भएपछि प्रहरी आचारविरुद्ध गम्भीर काम गरेको आरोपमा उनको जिम्मेवारी खोसेर छानबिनका लागि हेडक्वार्टर तानिएको हो।
१ .
२ .
३ .
४ .
५ .