आइतबार, १८ मे २०२५

नार्गाजुनमा इनारमा खसेकी महिलाको सकुसल उद्धार

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

file photo
• • •

काठमाडौंको नागार्जुनमा इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ। 

काम गर्ने क्रममा  इनारमा खसेकी  ५० वर्षीय अन्जु सिंहलाई सकुशल उद्धार गरिएको हो। 

सिंहलाई नेपाल प्रहरी बाफलको प्रहरी निरीक्षक टेक बहादुर जोराको कमाण्डमा  विपद् उद्धार टोली २५ (पच्चीस) जनाले जिवीतै उद्धार गरेको हो। 

सिंह बिहान ७ बजे काम गर्ने क्रममा इनारमा खसेकी थिइन्। हाल उनकाे मनमोहन अस्पतालमा उपचार भईरहेको छ। 


 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?