शनिबार, १७ मे २०२५

काम खोज्दै फेरि विदेशिए ४ फुटबलर

News Image
• • •

नेपाली राष्ट्रिय फुटबल टिमका चार जना खेलाडी अष्ट्रेलिया उडेका छन्।

राष्ट्रिय टिमबाट खेलिसकेका आशिष चौधरी, सेसेहाङ आङदम्बे, सिमान्त थापा र अनिष देउला मगंलबार अष्ट्रेलिया उडेका हुन्।

नेपालका युवा स्टारको रूपमा हेरिएका आशिष चौधरीले ए डिभिजन लिग, हालै सम्पन्न नेपाल सुपर लिगअन्तर्गत धनगढी एफसीका मार्की खेलाडीको रूपमा खेलेका थिए।

त्यस्तै, सेसेहाङ आङदम्बेले नेपाल सुपर लिग २ को विजेता ललितपुर सिटीबाट खेलेका थिए। आशिष देउला भने एनएसएलमा भफापाको किपरको रूपमा थिए। जाउलाखेल युथ क्लबको कप्तनी गरिसकेका थापा पनि आफ्नो उज्ज्वल भविषयका लागि भन्दै विदेशिएका छन्।

पछिल्लो समय ६० जनाभन्दा बढी नेपाली फुटबलर अष्ट्रेलिया पलायन भइसकेका छन्। घरेलु प्रतियोगिता नहुँदा खेलाडी विदेश पलायन हुने क्रम जारी रहेको छ।

यसअघि फुटबलमा नाम चलेका धेरै खेलाडी पनि विदेश भासिएका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?