बिहिबार, १० जुलाई २०२५

५० पाउन्डको केक काटेर ‘केपी ओली कप’को उद्घाटन

News Image
• • •

केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरू भएको छ।

आइतबार प्रधानमन्त्री ओलीको ७४औं जन्मदिनको अवसर पारेर प्रतियोगिताको उद्घाटन गरिएको हो।

समारोहमा ५० पाउन्डको केक काटिएको थियो। प्रधानमन्त्री ओलीपत्नी राधिका शाक्यले केक खुवाएर ओलीलाई शुभकामना दिइन्।

उद्घाटन समारोहमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी, समीक्षा अधिकारी लगायतका कलाकार समेत उपस्थित थिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?