
बिएल संवाददाता
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र म्यानमारबीचको खेल हेर्न दशरथ रंगशाला जाने भएका छन्।
नेपालमा जारी चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप प्रतियोगिताको फाइनल खेल बुधबार साँझ ६ बजेबाट हुँदैछ। फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला आउन लागेका एन्फा स्रोतले बतायो।
नेपाली खेलाडीको हौसला बढाउनका लागि प्रधानमन्त्री आफैं रंगशाला जाने तयारी गरेका हुन्।
यता प्रधानमन्त्रीको सचिवालयले भने उनी रंगशाला जाने/नजाने टुंगो लागिनसकेको बताएको छ।। स्वास्थ्यमा लगातार समस्या देखिएकाले ठूलो भिँडभाडमा उनलाई चिकित्सकले सुझाव दिएका छन्।
प्रधानमन्त्री रंगशाला जाने भएपछि सुरक्षाका लागि १ हजार बढी सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। रंगशालाको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।
बुधबार दिउँसो प्रधानमन्त्री ओलीले ‘केपी ओली कप’ फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकसँग भेटघाट गरेका थिए।
ओलीलाई भेट्न खेलाडीहरूसँग अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, युवा सङ्घका अध्यक्ष क्षितिज थेबेलगायत सहभागी थिए।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .