
बिएल संवाददाता
बैतडी
बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ। आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।
भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ।
आज १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो। मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए।
भूकम्पले क्षति पुगे/नपुगेकोबारे स्पष्ट भइसकेको छैन।
जिल्ला प्रहरी कार्यालय बैतडीले सबै युनिट र स्थानीय तहहरुबाट सूचना संकलन भइरहेको जनाएको छ।
१ .
२ .
३ .
४ .
५ .