शुक्रबार, ०४ जुलाई २०२५

वनमन्त्रीले ‘बर्खास्त’ गर्न चुनौती दिए, मुख्यमन्त्रीले हटाइदिए…

News Image
• • •

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी बर्खास्त भएका छन्।

आर्थिक विवादमा मुछिएका मन्त्री चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले केही दिनअघि नै राजीनामा दिन निर्देशन दिएका थिए। तर, चौधरीले आफू राजीनामा नदिने भन्दै बर्खास्त गरेर देखाउन चुनौती दिएका थिए।

प्रदेश सभाबाट बजेट पारित नभएको अवस्थामा मुख्यमन्त्री शाहले चौधरीलाई बर्खास्त गरेनन्। तर, बजेट पारित भएको दोस्रो दिन नै मुख्यमन्त्रीले मन्त्री चौधरीलाई पदमुक्त गरिदिए। मन्त्री चौधरी नाउपाबाट मन्त्री बनेका थिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?