सिराहामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक शव फेला

बिएल

सिराहामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

जिल्लाको सिराहा नगरपालिका–१२ सारसर बेल्हामा अन्दाजी ५० बर्षीय पुरुषको शव घाँटी रेटिएको अवस्थामा बिहीबार फेला परेको प्रहरीले जनाएको छ । शव कमलानदीको पूर्वी तटबन्धमा फेला परेको हो । शव कसको हो खुल्न सकेको छैन् ।

बिहानै शवलाई देखेपछि खेतमा काम गर्न गएका स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । घट्नास्थलमा पुगेको प्रहरीले शवलाई परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको र अन्य अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रकाशित मिति: : 2019-11-07 14:27:06

प्रतिकृया दिनुहोस्