एटीएम ह्याक प्रकरण: ६ चिनियाँ नागरिक र ३ नेपाली पुर्पक्षका लागि जेल चलान

फाइल तस्बिर

एटीएम ह्याक प्रकरणमा पक्राउ परेका ६ चिनियाँ नागरिक र ३ नेपाली पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंको आदेशमा उनीहरु जेल चलान गरेको हो । पक्राउ परेका तीन नेपालीको हकमा धरौटी माग गरिएकोमा उनीहरु धरौटी बुझाउन नसकेपछि जेल चलान भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

अदालतले मनी एक्सेन्जका सञ्चालक देवनाथ लामिछानेसँग तीस लाख धरौटी माग गरेको थियो भने अन्य दुई जनासँग जनही २५ लाख धरौटी माग गरेको थियो ।

चिनियाँ ह्याकरले बोकेको रकम साटेको आरोपमा उनीहरुलाई प्रहरीले भदौ १६ मा उनिहरुलाई काठमाडौंको दरबार मार्ग सहित बिभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति: : 2019-11-07 17:37:50

प्रतिकृया दिनुहोस्