एएफसी यू–१९ छनोट: इरानसँग 'डु अर डाई'को अवस्थामा नेपाल

फाइल तस्बिर

इरानमा जारी एएफसी यू–१९ छनोट प्रतियोगितामा शुक्रबार नेपालले इरानसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोलीसँग खेल्न लागेको हो ।

पहिलो खेलमा यूएईसँग ४–० को भारी अन्तरले पराजित भएको नेपाललाइ छनोट हुने सम्भावना कायम राख्नका लागि बाँकी दुई खेल जित्नै पर्नेछ ।

इरानले भने पहिलो खेलमा किर्गिज गणतन्त्रलाई ३–० ले हराएको थियो ।

तेहरानमा हुने नेपाल र इरानको खेल नेपाली समय अनुसार राति आठ बजे हुनेछ ।

छनोट प्रतियोगिताको सबै समूहमा चार–चार टिम छन् र समूहको शीर्ष टोलीले समूह चरणमा स्थान बनाउनेछन् । दोस्रो स्थानका उत्कृष्ट पाँच टिम पनि समूह चरणमा पुग्नेछन् ।

प्रकाशित मिति: : 2019-11-08 08:38:37

प्रतिकृया दिनुहोस्