भक्तपुर र कास्कीमा ५ जनाको उम्मेदवारी बदर

फाइल तस्बिर

भक्तपुर र कास्कीका ५ जना उम्मेदवारको उम्मेदवारी बदर भएको छ।

उम्मेदवारी बदर हुनेमा भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा (क)तर्फको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकाआमुल परिवर्तन पार्टीका उम्मेदवार डिल्ली चौलागाई र राप्रपा संयुक्तका रामशरण लामिछाने रहेका छन्।

त्यस्तै प्रतिनिधि सभा सदस्यतर्फ कास्की निर्वाचन क्षेत्र नम्बर –२ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गजेन्द्र सङ्बो लिम्वु, राष्ट्रिय नागरिक पार्टीका नवराज घले तथा राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जसवन्त बिक्रम शाहको उम्मेदवारी बदर भएको हो।

लिम्बु, घले र शाहको पनि समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेकाले उनीहरुको उम्मेदवारी बदर भएको निर्वाचन आयोगले जनाएको छ।

२०७४ सालको निर्वाचनमा समानुपातिकतर्फको बन्द सूचीबाट उनीहरुको नाम अझै नहटाएकाले उनीहरुको उम्मेदारी बदर भएको निर्वाचन आयोगले जनाएको छ।

मंसिर १४ गते प्रतिनिधि सभा सदस्य १ तथा प्रदेश सभा सदस्यमा ३ पदसहित ५२ पदका लागि मतदान हुँदैछ।

प्रकाशित मिति: : 2019-11-08 11:20:27

प्रतिकृया दिनुहोस्