ट्रकको ठक्करबाट एकजनाको मृत्यु, दुई घाइते

प्रतिकात्मक तस्बिर

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६, पसाहामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

शुक्रबार बिहान पौने ७ बजे ना६ख ७०६७ नम्बरको ट्रकले बा८८प ४८५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मृतकको सनाखत हुन सकेको छैन्।

घाइतेलाई भने उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रकसहित चालकलाई प्रहरी चौकी पथलैयाले नियन्त्रणमा लिएको छ।

यसैबीच, धादिङको थाक्रे गाउँपालिका–७ सातकिलोमा शुक्रबार ट्रकको ठक्करबाट पैदलयात्री घाइते भएका छन् ।

काठमाडौंबाट पोखरा जाँदै गरेको भारतीय नम्बरको ट्रकले रौटहटको चपुरका २० वर्षीय सुरेन्द्र थापालाई बिहान पौने ८ बजे ठक्कर दिएको थियो ।

घाइते थापालाई उपचारको लागि काठमाडौं ल्याइएको छ । ठक्कर दिने ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: : 2019-11-08 16:34:36

प्रतिकृया दिनुहोस्