पूर्वमन्त्री रुप ज्योति र उनकी छोरीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

फाइल तस्बिर

काठमाडौं जिल्ला अदालतले उद्योगी एवं पूर्व अर्थसहायक मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा पक्राउ परेका रुप र उनकी छोरी सुरुचीलाई शुक्रबार जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुमति दिइएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहिबार साँझ पक्राउ गरेको थियो ।

केही अघि ठगी मुद्दामा रूपज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेश दिएको थियो । तर, लगत्तै सो आदेश कार्यान्वयन नगर्न माग गर्दै रूपका तर्फबाट सर्वोच्चमा दायर भएको निषेधाज्ञासम्बन्धी रिट सर्वोच्चले खारेज गरिदिएको उनलाई पक्राउ गर्न बाटो खुलेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको थियो ।

प्रकाशित मिति: : 2019-11-08 16:54:53

प्रतिकृया दिनुहोस्