बहुविवाह मुद्दामा फरार रहेका युवक पक्राउ

प्रतिकात्मक तस्बिर

बहुविवाह मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका एक युवक पक्राउ परेका छन्।

बहुविवाह मुद्दामा जिल्ला अदालत सिरहाबाट ११ महिना २० दिनको कैद सजाय पाएर फरार सिरहाको भगवानपुर गाउँपालिका– २ नहरा निवासी ३५ वर्षीय रामविलास साहलाई गएराति प्रहरीले पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको गस्ती टोलीले साहलाई घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा बुझाइने प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

प्रकाशित मिति: : 2019-11-11 11:23:32

प्रतिकृया दिनुहोस्