जिदान फर्केसँगै रियलको विजयी सुरुवात

तस्बिरः इएसपीएन स्पोर्ट्स

जिनेदिन जिदान फर्केसँगै स्पेनिस लालिगामा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । उसले आफ्नै गृह मैदानमा सेल्टा भिगोलाई २-० ले पराजित गरेको हो। 

रियलका लागि इस्कोले ६२औं मिनेटमा र बेलले ७ औं मिनेटमा गोल गरेका थिए।

मध्यान्तरअघि गोलरहित बराबरी खेलेको रियलले मध्यान्तरपछि दुबै गोल गर्न सफल भयो ।

यो जितसँगै २८ खेलबाट ५४ अंक जोडेको रियल लिगको तेस्रो स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोना ६३ अंकका साथ  शीर्ष स्थानमा छ। रियलभन्दा एकस्थानमाथि रहेको एट्लेटिको मड्रिडको ५६ अंक छ। आजै भएको 

अर्को खेलमा एट्लेटिको मड्रिड एट्लेटिको विलबाओसँग २-० ले अप्रत्यासित रूपमा हारेपछि उसले महत्वपूर्ण ३ अंक गुमाएको छ। एट्लेटिको मड्रिडको यो हारले शीर्षस्थानको बार्सिलोनासँगको दूरी बढेको छ भने तेस्रो स्थानमा रहेर पछ्याइरहेको रियल मड्रिडसँगको अंकको दुरी पनि घटेको छ।

प्रकाशित मिति: : 2019-03-17 08:24:06

प्रतिकृया दिनुहोस्