‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
बिएल संवाददाता
मध्यपश्चिम विश्वविद्यालयमा आगामी चैत ३ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिएसँगै विद्यार्थीहरुले चुनावी मुद्दासहित सक्रियता जनाइरहेका छन्।
यसैबीच केही विद्यार्थी संगठनले चुनावी घोषणापत्र बनाएर विद्यार्थीमाझ गएका छन् भने कतिपयले माैखिक भेटघाटलाई तिब्रता दिएका छन्।
निर्वाचनका लागि गत फागुन २१ गते विद्यार्थीहरुले मनोनयन दर्ता गरिसकेका छन्। मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय विभागमा पाँच राजनीतिक दलनिकट विद्यार्थी संघ, संगठन र स्वतन्त्र तर्फबाट मनोनयन दर्ता गरिएको छ।
केन्द्रीय क्याम्पसमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ), नेकपा एमाले निकट (अनेरास्ववियु), नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीनिकट (अनेरास्ववियु) र नेपाल क्रान्तिकारी विद्यार्थी संघका तर्फबाट उम्मेदवारी परेको छ।
त्यसमध्ये नेविसंघ र अखिल क्रान्तिकारीबीच चुनावी तालमेल भएको छ। तालमेलअनुसार नेविसंघलाई सभापति र कोषाध्यक्षसहित दुई जना सदस्य तथा अखिल क्रान्तिकारीलाई सचिवसहित ६ जना सदस्य भाग परेकाे छ।
विद्यार्थी संगठनहरुबीच मुख्यतः नेकपा एमालेनिकट अनेरास्ववियु र नेविसंघ नेतृत्व गठबन्धनबीच नै प्रतिस्पर्धा हुने देखिएको छ।
सबैजसो संगठन र उम्मेदवारहरुका धेरैजसो एजेण्डामा भने समानता भेटिन्छ। विद्यार्थी संगठनहरुले शिक्षा क्षेत्रको सुधारलाई एजेण्डा बनाएका हुन्।
विश्वविद्यालयमा समायानुकुल पाठ्यक्रम परिमार्जन, पाठ्यक्रम अनुरुप शैक्षिक क्रियाकलाप संचालन, विषयगत विशेषज्ञको छनोट तथा पुस्तकालय व्यवस्थापनलगायतका विषय नै प्रमुख एजेण्डाको रुपमा प्रस्तुत गरिएको छ।
नेविसंघ र अखिल क्रान्तिकारी सम्मिलित गठबन्धनले शैक्षिक क्षेत्रको विकासलाई मुख्य चुनावी एजेण्डा बनाएकाे छ।
पाठ्यक्रम समयानकुल परिमार्जन नहुँदा व्यवहारिक शिक्षामा गुणस्तरीय बन्न नसकेकाले यसको परिमार्जन गरी कार्यान्वयनमा ल्याउने, विश्वविद्यालयमा शैक्षिक क्यालेण्डर कार्यान्वयन गर्ने, विद्यार्थीलाई सहुलियत शिक्षण शुल्क, छात्राबास व्यवस्थापन लगायतका विषयलाई मुद्दा बनाएकाे छ।
त्यस्तै नेकपा एमालेनिकट अनेरास्ववियुले विश्वविद्यालयका पाँच वटा विषयलाई मूल मृद्दा बनाएर चुनावी प्रतिस्पर्धामा भाग लिएको छ।
उसले विश्वविद्यालयको शैक्षिक सुधार, विद्यार्थी कल्याणकोष संचालन, खेलकुद तथा मनोरञ्जन, छाबास व्यवस्थापन र चमेनागृह सञ्चालनका विषयलाई मुल एजेण्डाको रुपमा प्रस्तुत गरेको छ।
शैक्षिक क्षेत्र सुधारका लागि समयानुकुल पाठ्याक्रम परिमार्जन गरी तोकिए बमोजिम शैक्षिक क्रियाकलाप गर्न गराउने व्यवस्था मिलाउने, शैक्षिक क्यालेण्डरको प्रयोग गर्ने, विषय विशेषज्ञको नियुक्ति तथा इ-लाइब्रेरीको व्यवस्थापन गर्ने लगायतका मुद्दालाई मुख्य मानेकाे छ।
एकीकृत समाजवादी निकट (अनेरास्ववियू)ले पनि आफ्ना चुनावी एजेण्डा विद्यार्थीमाझ राखेको छ। विश्वविद्यालयमा छात्राहरुका लागि नि:शुल्क सेनेटरी प्याडको व्यवस्थापन, गर्ने विषयलाई प्रमुख मुद्दा बनाएकाे छ।
त्यसका लागि 'भेन्डिङ मेसिन' खरिद गरी आवश्यकताअनुसार निःशुल्क रुपमा सेनेटरी प्याडको प्रयोग गर्न पाउने व्यवस्था मिलाउन कटिवद्ध रहने जनाएकाे छ।
डिजिटल युनिभर्सिटीको अवधारणा अघि सारेर विश्वविद्यालयमा भर्ना गर्ने, परीक्षा फारम लगायतका फारामहरु अनलाइन माध्यमबाटै गर्ने तथा तिर्नपर्ने शुल्कहरु पनि अनलाइन पद्धतिबाटै भुक्तान गर्न सकिने प्रणालीको विकास गरिने एजेण्डा राखेकाे छ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया