विश्वकप छनोट

जिम्बाब्वेविरुद्ध ९९ रन बनाएर आउट भए कुशल भुर्तेल

आइसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गत जिम्बाब्वेविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन्। भुर्तेल जिम्बाब्वेस्थित हरारे स्पोर्टस् क्लब ९५ बलमा ९९ रन बनाएर आउट भए।

उनी शतक पूरा गर्नबाट मात्रै १ रनले चुके। उनलाई जिम्बाब्वेका ओइलिङ्सटन मजास्काड्जाले आउट गरे।

नेपालका ओपनरद्वय भुर्तेल र आशिफ शेखले १ सय ७१ रन साझेदारी गरेका छन्।

नेपालले अहिले ३१.५ ओभरमा १ विकेट गुमाएर खेलिरहेको छ।

प्रकाशित मिति: : 2023-06-18 14:40:00

प्रतिकृया दिनुहोस्