जिदान फर्किएको खेलमा रियल विजयी

प्रशिक्षक जिनेदिन जिदानले पुनरागमन गरेपछिको पहिलो खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई हराउँदै विजयी सुरूवात गरेको हो।

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियलले भिगोलाई २-० ले हरायो।

रियललाई जिताउन मिडफिल्डर इस्को र ग्यारेथ बेलले गोल गरे।

पहिलो हाफ गोलरहित बराबरी खेलेको रियलले खेलको ६२ औं मिनेटमा इस्कोले गोल गर्दै खेलमा सुरूवाती अग्रता दिलाएका थिए।

त्यसको १५ मिनेटपछि ग्यारेथ बेलले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर पारे। त्यसपछि रियलका केही प्रहार खेर गए पनि भिगोले गोल गर्न नसक्दा प्रशिक्षक जिदानले पहिलो खेलबाटै जितको सुरूवात गरेका छन्।

यो जितसँगै रियलले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडमाथि दवाब बनाएको छ।

रियलको २८ खेलबाट ५४ अंक छ। एट्लेटिकोको समान खेलमा ५६ अंक रहेको छ। शीर्षस्थानको बार्सिलोनाले २७ खेलमा ६३ अंक जोडेको छ।

प्रकाशित मिति: : 2019-03-17 10:11:47

प्रतिकृया दिनुहोस्