सन्दर्भः आङ सान सुकीकाे ७६औँ जन्मदिन

सुकीको ७६औँ जन्मदिनमा ‘फूल’ प्रदर्शन [फाेटाे फिचर]

सुधा अत्रि

म्यान्मार

'आइरन लेडी' अर्थात् चर्चित प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको ७६औँ जन्मदिन भव्य रुपमा मनाइएको छ।

म्यान्मार सैन्य हिरासतमा रहेकी नेत्री सुकीको जुन्ताविरोधी समर्थकले गुलाफको ‘फूल’ प्रदर्शन गर्दै जन्मदिन बनाएका हुन्। 

उनलाई सैन्य जुन्ताले गत फेब्रुअरी–१ का दिन नियन्त्रणमा लिएको छ। सैन्य कब्जामा भएयता उनी पहिलोपल्ट गतसाता अदालत परिसरमा देखिएकी थिइन्।

राज्य सल्लाहकार सुकीको शनिबार परेको ७६औँ जन्मदिन म्यान्माली जनताले धुमधामका साथ मनाएका छन्। सैन्य जुन्ताको विरोध गर्दै हिरातमा रहेकी नेत्री सुकीकाे जन्मदिन आ–आफ्नै ढंगले मनाएका हुन्।

सामाजिक सञ्जालमा शनिबार नेत्री सुकीको तस्वीर र फूल राखेर लाखौँ समर्थकहरूले जन्मदिनको शुभकामना दिँदै स्वास्थ्य लाभको कामना गरेका छन्। 

करेन राज्यको सीमा क्षेत्रमा विद्रोही लडाकूहरूले फूल समातेको फोटो फेसबुकमा राख्दै लेखेका छन्, ‘जन्मदिनको शुभकामना राष्ट्रमाता, हामी तपाईसँगै छौँ।’
 

प्रकाशित मिति: : 2021-06-19 15:07:00

प्रतिकृया दिनुहोस्