न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
बिएल संवाददाता
आउँदो स्थानीय तह निर्वाचनमा रोल्पाको माडी गाउँपालिकाका सम्भावित उम्मेदवारको चर्चा चुलिएको छ।
गाउँपालिकाभित्र नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित स्वतन्त्र उम्मेदवार पनि अध्यक्षमा आकांक्षी देखिएका छन्।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य केशबहादुर बाँठा ‘सुवास’ अध्यक्षको उम्मेदवार बन्ने हल्लाले राजनीतिक वृत्त एकाएक तातिएको छ।
जिल्लाभर ‘विप्लव’ समर्थक तथा माडीबासीले ‘सुवास’ को नाम लिएर गाउँ–टोल र सामाजिक सञ्जालमा प्रचारप्रसार थालेका छन्। तर उनी आसन्न स्थानीय तहको निर्वाचन आफ्नो रोजाइँ नभएको बताउँछन्।
‘उम्मेदवार बन्ने सोच छैन। पार्टीले के निर्णय गर्छ, त्यो हेर्न बाँकी छ,’ उनले बिएल नेपाली सेवासँग भने, ‘चुनावबारे पार्टीभित्र पछि सल्लाह गर्नुपर्ला। तर व्यक्तिगत रूपमा उम्मेदवार बन्नुपर्छ भन्ने चाहिँ ठ्याक्कै मनमा छैन।’
त्यसो त नेपाल कम्युनिष्ट पार्टीले पनि अध्यक्ष पदको उम्मेदवारका लागि ‘सुवास’लाई अघि सारेको बुझिएको छ। माडीका पार्टीभित्र वा बाहिरका अधिकांश युवाहरूले उनैलाई रोज्छन्।
स्रोतका अनुसार अध्यक्षका आकांक्षीहरू विजय कुमार घर्तीमगर, प्रेम घर्तीमगर (एमाले), गोपाल घर्तीमगर (कांग्रेस) र सुवास (विप्लव) एक ठाउँमा उभिएका छन्। उनीहरूबीच गठबन्धनको पनि उतिकै सम्भावना छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया