एएफसी यू–२३ च्याम्पियनसिप छनोटमा नेपाल ओमानसँग पराजित

तस्बिरः एएफसी

एएफसी यू–२३ च्याम्पियनसिपको छनोटअन्तर्गतको पहिलो खेलमा नेपालले ओमानसँग हार बेहोरेको छ।

कतारस्थित दोहास्थित दोहा स्पोर्टस सिटीको एस्पायर–४ मैदानमा शुक्रबार नेपालले ओमानसँग १–० को हार बेहोरेको हो ।

ओमानका लागि अल मल्कीले खेलको १३औं मिनेटमा गरेको गोल नै नेपालको हारमा निर्णायक बन्यो ।

खेलभर नै ओमानले नेपाललाई दवावमा राखे पनि थप गोल गर्न सकेन।

सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्याण्डमा हुने प्रतियोगिताका लागि छनोट चरणमा ११ समूह छन्।

समूह ‘ए’ मा नेपालले ओमान, कतार र अफगानिस्तानसँग खेल्नुपर्नेछ। ११ समूहबाट समूह विजेता र उत्कृष्ट पाँच उपविजेता गरी १५ टिम तथा आयोजक थाइल्याण्डले एएफसी यू–२३ फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले दोस्रो खेलमा आइतबार कतार र तेस्रोमा मंगलबार अफगानिस्तानसँग खेल्नेछ।

यसअघि हिजै भएको समूहको अर्को खेलमा घरेलु टोली कतारले अफगानिस्तानलाई २-० गोल अन्तरमा हराउँदै समूहको शीर्ष स्थानमा पुगेको छ।

प्रकाशित मिति: : 2019-03-23 10:04:55

प्रतिकृया दिनुहोस्