सन्दर्भः आङ सान सुकीकाे ७६औँ जन्मदिन

हेप्पी बड्डे आमा

रंगिबिरंगी फूलहरू मन पराउने
कहिले नओईलिने फूल हुन हाम्री आमा
आज उनको जन्मदिनमा
देशले फूल सिउरेको छ 
सत्यप्रेमीहरूको सीरमा 
फूलहरूको जूलुश 
उज्यालोले कुत्कुत्याएका 
आशाका फूलहरू 
मंग्मंग बासन छर्दै भन्दै छन 
'अयेडपौ आउंयामी'

हाम्रो मनको आकाशमा चम्किरहने 
कहिले नझर्ने तारा हुन हाम्री आमा
हामीलाई उज्यालो दिने र
हिड्न सिकाउँने
हाम्री आमाका पाउहरूलाई 
हरिया हातहरूले बाँधेका छन् आज
तर 
करोडौंको प्रार्थनाहरूमा 
बस्ने हाम्री आमा
आज उनको जन्मदिनमा 
देशले प्रार्थना गरिरहेको छ 
फूल समातेर जोडेका हातहरूमा
प्रार्थनाहरूको जुलुश 
उज्यालोले कुत्कुत्याएका शब्दहरूले 
स्नेह र माया छर्दै भन्दैछन 
'अयेडपौ आउंयामी'

प्रकाशित मिति: : 2021-06-19 12:29:00

प्रतिकृया दिनुहोस्