अष्ट्रेलियाले पाकिस्तानलाई ८ विकेटले हरायो, कप्तान फिन्चको शानदार सतक

तस्बिरः आईसीसी

कप्तान आरोन फिन्चको उत्कृष्ट प्रदर्शनसँगै अष्ट्रेलियाले पाकिस्तानविरूद्धको दोस्रो वान डे मा ८ विकेटले जितेको छ।

२८५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४७.५ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो।

अस्ट्रेलियाको जितमा कप्तान फिन्चले वान डे करियरकै उत्कृष्ट प्रर्दशन गर्दै नटआउट १५३ रन बनाए। वान डे करियरको १३ औं शतक प्रहार गर्नेक्रममा उनले १ सय ४३ बलमा ११ चौका र ६ छक्का प्रहार गरे।

त्यस्तै अर्का ओपनर उस्मान खवाजाले ८८ रन जोडे। १ सय ९ बल खेलेका उनले ८ चौका प्रहार गरेका थिए।

फिन्च र खवाजाले पहिलो विकेटका लागि २ सय ९ रनको साझेदारी गर्दै सहज जित पक्का गरेका थिए। ग्लेन म्याक्सवेलले १९ रन बनाउँदाशन मार्श ११ रनमा अविजित रहे।

पाकिस्तानका लागि यासिर शाहले १ विकेट लिनुबाहेक अन्य कुनै पनि बलरले विकेट लिएनन्।

यसअघि शारजाह क्रिकेट मैदान युएईमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८४ रन बनाएको थियो। पाकिस्तानका लागि विकेटकिपर मोहम्मद रीजवानले सतकीय इनिङ्स खेलेका थिए। १ सय २६ बल खेलेका उनले ११ चौका प्रहार गर्दै १ सय १५ रन बनाएका थिए।

कप्तान सोएब मालिकले ६०,ह्यारिस सोहेल ३४,ईमाद वासिम र शन मसुदले समान १९, उमर अकमल १६,फहिम असरर्फ १४रनको योगदान दिए।

अस्ट्रेलियाका झेय रिचड्सन र नाथन कुल्टर नाइनले समान दुई विकेट लिएका थिए। कप्तान फिन्च, एडम जम्पा र नाथन लायनले एक-एक विकेट लिए।

यो सँगै पाँच वान डे सिरिजमा अस्ट्रेलियाले २–० को अग्रता लिएको छ। यसअघि पहिलो खेलमा अस्ट्रेलिया ८ विकेटले विजयी भएको थियो।

तेस्रो वान डे खेल अगामी बुधबार  हुनेछ ।

प्रकाशित मिति: : 2019-03-25 10:44:44

प्रतिकृया दिनुहोस्