बेंगलोरको लगातार पाँचौ हार, रसेलको विष्फोटक ब्याटिङले कोलकत्ताले ठूलो लक्ष्य भेट्टायो

तस्बिरः एजेन्सी

भारतीय कप्तान बिराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंलोर १३ औं संस्करणकोइन्डियन प्रिमियर लिग(आईपीएल) मा लगातार पाँचौ खेलमा पराजित भएको छ।

वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले विस्फोटक ब्याटिङ गरेपछि शुक्रबार राति सम्पन्न खेलमा कोलकता नाइट राइडर्सले बेंगलोरलाई ५ विकेटले हराएको हो।

२ सय ६ रनको विशाल लक्ष्य पछ्याएको कोलकताले निर्धारित लक्ष्य ५ बल बाँकी छँदै पुरा गर्‍यो।

विष्फोटक ब्याटिङ गरेका रसेलले १३ बलमा ७ छक्का र १ चौका प्रहार गर्दै ४८ रनमा अविजित रहे। १८ औं ओभरमा ३ छक्का प्रहार गर्दै २३ रन बनाएका रसेलले १९ औं ओभरमा टिम साउदीको बलमा ४ छक्का र १ चौका प्रहार गर्दै २९ रन जोडेपछि कोलकताले सहज जित निकालेको हो।

यस्तै क्रिस लिनले४३, नितेश राना ३७ रन बनाउँदा रोविन उथप्पा ३३ तथा कप्तान दिनेश कार्तिक १९ रनमा आउट भए।सुनिल नरायणले १० रन बनाउँदा सुभम गिल ३ रनमा अभिजित रहे।

बेंगलोरका लागि नवदीप सैनी र पवन नेगीले समान २ तथा युजवेन्द्र चहलले१ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्।

यसअघि घरेलु मैदान चिन्नावास्मी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेटको गुमाउदै २ सय ५ रन बनाएको थियो। बेंगलोरका लागि कप्तान विराट कोहलीले ८४ रनको महत्वपूर्ण इनिङ्स खेले। ४९ बल खेलेका कोहलीले ९ चौका र २ छक्का प्रहार गरेका थिए।

दोस्रो विकेटका लागि कोहलीले डी भिलियर्ससँग १ सय ८ रनको शतकीय साझेदारी गर्दै बलियो योगफलसम्म पुर्‍याए। १८ ओभरको पहिलो बलमा उनीहरूको साझेदारी कुलदीप यादवले तोडेका थिए।

३२ बल खेलेका डी भिलियर्सले ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रन जोडे।

ओपनर पार्थिव पटेल २५ रनमा आउट हुँदा मार्कस स्टोइनिसले १३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २८ रनमा अविजित रहे।

कोलकताका लागि कुलदिप यादव,सुनिल नारायण, नितेश रानाले समान १-१ विकेट लिएका थिए।

यसअघि बेंगलोरले पहिलो खेलमा चेन्नई, दोस्रो खेलमा मुम्बई तेस्रो खेलमा हैरावाद र चौथो खेलमा राजस्थानसँग पराजित भएको थियो।

यो हरासँगै बेंगलोरका लागि अघिल्लो चरण प्रवेश सम्भावना कठिन बनेको छ।

यता ४ खेलमा तीन जित निकालेको कोलकतादिल्लीसँग सुपर ओभरमा पराजित भए पनि हैदरावाद र पन्जावलाईहराएको थियो।यो सँगै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: : 2019-04-06 10:48:27

प्रतिकृया दिनुहोस्